You are viewing the translated version of जीवनाशक विषादीको उत्पादन तथा.

Rule 21
जीवनाशक विषादीको उत्पादन तथा
संश्नेषणः

(१) जीवनाशक विषादीको उत्पादन तथा संश्लेषण गर्न चाहने व्यक्ति, संस्था वा निकायले प्रचलित कानून बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरणीय परीक्षण गराई सोको प्रतिवेदन केन्द्र समक्ष पेस गर्नु पर्नेछ।

(२) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, प्याकिङ्ग तथा पुनःप्याकिङ्गको कार्य गर्न चाहने व्यक्ति, संस्था वा निकायले जीवनाशक विषादीको. उत्पादन तथा संश्लेषण कार्यमा संलग्न जनशक्तिलाई - स्वास्थ्य तथा सुरक्षात्मक उपाय पालना गराई प्रत्येक छ महिनामा नियमित स्वास्थ्य परीक्षण गराउनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम परीक्षण गराउँदा जीवनाशक विषादीको असर देखिएका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी: यथाशीघ्र विशेषज्ञ चिकित्सकबाट उपचार हुने व्यवस्था गर्नु पर्नेछ ।